लेखा समिति सभापतिका स्वकीय सचिव रिहा
काठमाडौं । संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल धरौटीमा रिहा भएका छन् । बिहीबार जिल्ला अदालत मोरङका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले पाँच लाख धरौटीमा रिहा गर्ने आदेश गरेको हो । पोखरेल गएको पुस २५ गते विराटनगरबाट पक्राउ परेका थिए ।
पोखरेलमाथि एमबीबीएसमा नाम निकालिदिने भन्दै ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ । प्रहरीले उनलाई पक्राउ गर्न अदालतसमक्ष अनुमति मागेको थियो । फेसबुक समेत लक गरी बसेका उनी हाल फरार छन् । केहीअघिसम्म उनी काठमाडौंमा थिए ।