नेपालको लगातार चौथो खेलमा हार
काठमाडौं । जारी महिला त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल लगातार चौथो खेलमा हार बेहोरेको छ ।
टियु क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको हो । थाइल्याण्डले नेपाललाई दिएको १०७ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०१ रन बनाएको थियो । नेपालका लागि रुबिना क्षेत्रीले २६, कबिता जोशीले २४, रोमा थापाले १९ र पुजा महतोले १८ रन बनाएकी थिइन् । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाउदै १०६ रन बनाएको थियो ।
थाइल्याण्डका लागि चानिदा सुथीरुआंगले सर्बाधिक २७ रन बनाएकी थिइन् भने थिपाटचा पुथावोंगले २५ रन बनाएकी थिइन् । यो सहित थाइल्याण्ड सिरिजमा अपराजित हुदै चौथो जित हासिल गरेको छ भने नेपालले लगातार चौथो हार बेहोरेको छ ।