निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर हात्तीको मृत्यु

काठमाडौं । चितवनको सौराहा क्षेत्रमा जंगली हात्ती मकुनाको निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । बस्ती छिरेर तर्साउने हात्तीलाई तर्साउन चलाइएको गोली लागेर मकुनाको मृत्यु भएको निकुञ्जको जिकिर छ । उक्त हात्ती असोज महिनादेखि सौराहा आसपासमा पसेर स्थानीयलाई त्रसित बनाउँदै आएको निकुञ्जले विज्ञप्तिमार्फत दाबी गरेको छ । स्थानीय सरोकारवालासँग विभिन्न चरणमा उक्त जंगली हात्तीबाट जनधनको क्षति हुनबाट रोक्न विभिन्न उपाय अपनाएको पनि निकुञ्जले जनाएको छ । बुधबार हात्ती स्वीप गस्ती टोलीले स्वीपिङ गस्ती गर्दै जाने क्रममा कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा मकुना अकस्मात् फेला परेको थियो ।

घरपालुवा हात्ती ९चुरेगज० लाई आक्रमण गर्न आएकोले अन्य विकल्प नभएको अवस्थामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २१ मा भएको व्यवस्था बमोजिम आत्म सुरक्षाको लागि २ राउन्ड वार्निङ हवाई फायर गरिएको निकुञ्जले जनाएको छ । ‘हवाई फायर गर्दा पनि नभागी हात्तीलाई आक्रमण गर्न आउँदा सानो हात्ती खगेन्द्रप्रसादमा सवार रेञ्जर श्याम तामाङ हात्तीबाट खसेकोले ज्यानको सुरक्षा गर्न अत्यन्तै कठिनाइ भएको कारण ३ राउन्ड फायर गर्दा केही पर भागी पुनः फर्किएर आक्रमण गर्न आएकोमा थप १ राउन्ड फायर गर्दा मुकुना अन्यत्र भागेको’, विज्ञप्तिमा भनिएको छ, ‘पछि खोज्दै जाने क्रममा करिब १ किमी टाढा ढलेको अवस्थामा साढे १ बजे फेला परेको ।’ पोस्टमार्टमका क्रममा हात्तीको दाहिनेपट्टी घाँटीमा १ वटा गोली लागेको कारण मृत्यु भएको पुष्टि भएको पनि निकुञ्जले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *