नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक संसद भवनको ल्होत्से हलमा बिहान साढे ८ बजे बैठक डाकिएको नेपाली कांग्रेसले जनाएको छ । बैठकमा मन्त्रीहरुले आफ्नो कार्यकालमा गरेका कार्यको जानकारी र सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ ।
यसअघि बसेको बैठकमा सांसदहरुले आफ्नो धारणा राखिसकेका छन् । उक्त बैठकमा अध्यादेशबारे जानकारी दिइएको थियो । आजको प्रतिनिधि सभा बैठकमा सरकारले ल्याएका ६ वटाअध्यादेशलाई निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।