पाथिभरा केबलकार जोडेर ग्लोबल आइएमई बैंकमाथि भएको आक्रमणको प्रहार गलत : राष्ट्र बैंक
काठमाण्डौं । पाथिभरा केबलकार निर्माणको विषयसंग जोडेर ग्लोबल आइएमई बैंकमाथि भएको आक्रमणलाई लिएर नेपाल राष्ट्र बैंक बल्ल बोलेको छ। बैंकमाथि गरिएको प्रहार गलत भएको भन्दै कसैको उक्साहटमा त्यस्ता उच्छृखल गतिविधिमा संलग्न नहुनलाई राष्ट्र बैंकले आग्रह गरेको हो। राष्ट्र बैंकका बैंक तथा बित्तिय संस्था नियमन विभागमा विभागीय प्रमुख गुरुप्रसाद पौडेलले पाथिभरा केबलकार निर्माणको बिषयलाई जोडेर बैंकमाथि गरिएको प्रहार गलत भएको बताएका हुन्। उनले भनेका छन्, पाथीभरा केवलकार निर्माणको विषयलाई लिएर नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क” वर्गको वाणिज्य बैंक ( ग्लोबल आईएमई बैंकमाथि गरिएको प्रहार ग़लत हो, कसैको उक्साहटमा त्यस्ता उच्छृखल गतिविधिमा संलग्न नहुंदा राम्रो। पछिल्लो समय पाथिभरा केवलकार निर्माणको बिषयसंग जोडेर ग्लोबल बैंकमाथि चौतर्फी आक्रमण भएको छ। कुनै व्यक्तिसंग जोडिएको बिषयलाई देशकै ठुलो कमर्शियल बैंकसंग जोडेर बैंकनै अप्ठ्यारोमा पर्नेगरि गलत प्रचार गरिनु गलत बैंक विज्ञहरुले बताउदै आएका छन्।
ताप्लेजुङको फुङलिङ नगरपालिका स्थित काफ्लेपाटीदेखी पाथीभरा मन्दिर छेउसम्म निर्माणाधीन केबलकारको विषयमा विवाद उत्पन्न भएको हो। यहाँ २ दशमलव ७ किमि निर्माणाधीन केबलकार खारेजी अभियान चलाइएको छ । मन्दिरको ऐतिहासिकतासंग जोडेर केही स्थानीयहरुले संघर्ष समिति नै बनाएर केबलकार निर्माणमा अवरोध सिर्जना गरिरहेका हुन् । फुङलिङ नगरपालिकाको कार्यपालिका बैठकले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार २०७५ जेठ १३ पाथीभरा माता दर्शन केबलकार प्रालिलाई निर्माणको अनुमति दिएको हो। त्यसपछि, ध्रुवनारायण श्रेष्ठको पाथीभरा देवी केबलकार दर्शन प्रालि कम्पनी यती समूहले स्वामित्व लिएपछि श्रेष्ठ बाहिरिए। पछि आइएमई समुहले देशका सातवटै प्रदेशमा एक एक वटा केवलकार निर्माण गर्ने योजनाअन्तर्गत यती समूहबाट कम्पनी खरिद गरि निर्माण कार्य अघि बढाएको हो। आइएमई समुहका अध्यक्ष चन्द्र ढकाल भएको र उनको नेतृत्त्वमा ग्लोबल आइएमई बैंक रहेकाले पछिल्लो समय एउटा समुहले बैकलाई नै लक्षित गरि बैंक बिरुद्दको अभियान थालेको हो। नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष समेत रहेका चन्द्र ढकालको नेतृत्त्वमा ग्लोबल आइएमई बैंक अगाडी बढिरहेपनि बैंकमा चन्द्र ढकालको भन्दा आम सर्वसाधारणको लगानी तथा निक्षेप धेरै रहेको छ। ग्लोबल आइएमई बैंकमा ४८.७६ प्रतिशत लगानी सर्वसाधारणको रहेको छ । विभिन्न व्यक्ति तथा संस्थाको ०.५२ प्रतिशतदेखी ४.७४ प्रतिशतसम्म शेयर स्वामित्व छ । पब्लिक कम्पनी रहेको ग्लोबल आइएमई बैंकमा हजारौँको संख्यामा लगानीकर्ताको शेयर छ ।