फोटो पत्रकारले क्यामेरा किन्न ग्लोबल आईएमई बैंकबाट बिना धितो ऋण पाउने

काठमाडौं । ‍ग्लोबल आईएमई बैंक र राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)बीच क्यामेरा खरिदका लागि सम्झौता भएको छ । एनएफपीजेमा आबद्ध सदस्यहरूले क्यामेरा खरिदका लागि बिना ग्लोबल आईएमई बैंकबाट धितो ऋण पाउनेछन् । एक कार्यक्रमका बीच बैंकका हेड ट्रान्जेक्सन प्रकाश पौडेल र एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार, एनएफपीजेमा आबद्ध पत्रकारले क्यामेरा खरिद गर्न दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म ऋण लिन सक्नेछन् । बैंकले बिना धितो शून्य ब्याजदरमा ऋण उपलब्ध गराउनेछ । ऋणका लागि नागरिकता, तलब प्रमाणपत्र र आय कागजात, बैंक स्टेटमेन्ट, फोटो र आवेदन फारम संकलन गरेर एनएफपीजेले सहजीकरण गर्नेछ । अब एनएफपीजेमा आबद्ध फोटो पत्रकारले ६ देखि १८ महिनासम्म सरल किस्ताबन्दीमा न्युरोडस्थित जी एन्ड डी सप्लार्यसबाट क्यामेरा खरिद गर्न सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *