मागदावी छुट भएका १९ समस्याग्रस्त सहकारीका बचतकर्तालाई दावी पेश गर्न कार्यालयको आग्रह

काठमाण्डौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले मागदावी छुट भएका बचतकर्ताहरुलाई दावी पेश गर्न भनेको छ । कार्यालयले एक सूचना जारी गर्दै समस्गाग्रस्त घोषित भएका १९ सहकारी संस्थाका बचतकर्ताले माग दावी गर्न छुटेको भए एक महिना भित्र दावी पेश गर्न आग्रह गरेको हो । समस्याग्रस्त १९ सहकारी संस्था प्यासिफिक सेभिङ्ग, प्रभु सहकारी,ओरेन्टल को अपरेटिभ,गारेखा सेभिङ्ग,स्टाण्डर्ड सहकारी,पशुपति सहकारी,शिवशिखर बहुउद्देश्यीय,नेपाल सहकारी वित्तीय संस्था,लुः निभा बहुउद्देश्यीय, हाम्रो नयाँ कृषि सहकारी, कृषि विकास बहुउद्देश्यीय,सोसाइटल बहुउदेश्यीय र भेगास सहकारी संस्थाका बचतकर्तालाई माग दावी गर्न कार्यालयले भनेको छ ।

त्यसैगरी तुलसी बहुमुखी,श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी,कञ्जुमर सहकारी,कोहिनुर हिल सेभिङ्ग, कान्तिपुर सेभिङ्ग र गौतम श्री बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताले पनि आफ्नो बचत माग दावी गर्न सक्नेछन् । सरकारले यी सहकारी संस्थालाई विभिन्न समयमा समस्याग्रस्त घोषणा गरी सम्पत्ति र दायित्वको फरफारक गर्ने जिम्मा उक्त कार्यालयलाई दिएको छ । कार्यालयले यस अघि बचत दावी गर्नेहरुका लागि बचत फिर्तामा पहिलो प्राथमिकता दिई त्यसपछि मात्र यो सूचना अनुसार छुट दावी पेश गरेका बचतकर्तालाई बचत फिर्ताको सूचीमा राख्ने जनाएको छ । आफ्नो लेना रकमको दावी अनलाइन आवेदन मार्फत पेश गर्न कार्यालयको सूचनामा भनिएको छ । बचत फिर्ताको माग दावी दिन बाँकी रहेका सदस्य,बचतकर्ता र साहुहरुले आफुले पाउने पर्ने रकम खुलाई आवेदन दिन सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *