हिमालयन लाइफको नाफा ८.७३ प्रतिशत बढ्यो

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो त्रैमासमा खुद नाफा ८.७३ प्रतिशत बढेर ३७ करोड ६२ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३४ करोड ६० लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । पुस मसान्तसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन २.१३ प्रतिशत बढेर ८ अर्ब ६ करोड ९ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ८९ करोड २५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ९ अर्ब ८९ करोड ३२ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९ अर्ब २० करोड ३८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीले १ अर्ब २१ करोड ४८ लाख रुपैयाँ कुल आम्दानी गरेर ११ अर्ब ३३ करोड २९ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १० अर्ब ९७ करोड ९४ लाख रुपैयाँ कुल आम्दानी गरेर १० अर्ब ६३ करोड ३४ लाख रुपैयाँ कुल खर्च गरेको थियो । कम्पनीको जीवन बीमा कोषको आकार २०.७७ प्रतिशत बढेर ७० अर्ब ४० करोड २१ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ५८ अर्ब २९ करोड ६२ लाख रुपैयाँ रहेको थियो । ८ अर्ब २ करोड ३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा ४६ करोड ९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब १३ करोड ३२ लाख रुपैयाँ छ । तर, कम्पनीको अन्य इक्विटी १७ करोड ८ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८.६३ रुपैयाँबाट बढेर ९.३८ रुपैयाँ पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४८.१७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३०.२१ रुपैयाँ रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *