कोसी प्रदेशमा कुहिरो

काठमाडौं । तराईका धेरै स्थानमा आज हुस्सु र कुहिरो लागेको छ । मध्य र पूर्वी तराईमा हुस्सु र कुहिरो लागेको हो । कोसी प्रदेशमा कुहिरो र अन्य स्थानमा हुस्सु रहेको मौसमविद् गोविन्द झा बताउँछन् । कोसी प्रदेशको विराटनगरलगायत केही स्थानमा कुहिरो लागेको छ । बाँकी भूभागमा हुस्सु लागेको छ, मौसमविद् झाले भने । विराटनगरमा आज बिहान ८०० मिटर भिजिविलिटी रहेको छ । अन्य स्थानमा हुस्सु लागेको उनले बताए ।

पश्चिम तराईमा भने भिजिविलिटी सामान्य छ । एक किलोमिटरभन्दा कम भिजिविलिटी भइ त्यसलाई कुहिरो भनिन्छ । एक किलोमिटरभन्दा बढी र पाँच किलोमिटरभन्दा कम भिजिविलिटी भयो भने त्यो हुस्सु हुने मौसमविद् झा बताउँछन् । दुई किलोमिटरभन्दा कम भिजिविलिटी भयो भने हवाई सेवा प्रभावित हुन्छ । विमान उडान र अवतरणका लागि दुई हजार मिटरभन्दा बढी भिजिविलिटी चाहिन्छ । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *