कप्तान एन्जिला तुम्बापो सुब्बा ग्रिस प्रस्थान

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न नेपाल आएकी राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा आज ग्रिस प्रस्थान गरेकी छिन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा)  प्रवक्ता सुरेश शाह, केन्द्रीय सदस्य पेमा डोल्मा लामा,  र महिला टोलीकी व्यवस्थापक बिन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरेका थिए । एन्जिला व्यावसायिक फुटबल खेल्न ग्रिस प्रस्थान गरेकी हुन् । 

यही फागुन १४ गते भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल म्यानमारसँग २-० ले पराजित भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *