शिवरात्रिका लागि आएका साधु सन्तहरूलाई कोषले गर्यो बिदाइ

काठमाडौँ । महाशिवरात्रिका अवसरमा आएका साधु सन्तहरूलाई पशुपति क्षेत्र विकास कोषले आज बिदाइ गरेको छ । 

भारतलगायत विभिन्न देशबाट आएका तीन हजार जनाभन्दा धेरै साधु सन्तलाई कोषले आज एक कार्यक्रमका बीच बाटो खर्चसहित बिदाइ गरेको हो । महाशिवरात्रीका लागि पशुपतिनाथ आएका साधुशान्तहरुलाई दान, सम्मान सहित विदाई गरिएको छ ।

बिदाइका क्रममा कोषले साधु सन्तलाई खर्चसहित रुद्राक्षको माला पनि लगाइदिएको छ । कोषले साधु सन्तहरूलाई श्रेणीमा छुट्याएको विभिन्न रंगको कार्ड दिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *