एमाले सचिवालय बैठक भोलि बस्दै
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक भोलि (आइतबार) एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा २ बैठक बस्न लागेको छ । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले भोलि दिउँसो २ बजेका लागि केन्द्रीय सचिवालयको बैठक बोलाइएको जानकारी आएको तर बैठकका एजेन्डाबारे कुनै जानकारी नरहेको बताए । ‘भोलि बैठक बस्दैछ भने र खबर आएको छ । के विषयमा छलफल हुन लागेको हो भन्नेबारे कुनै जानकारी छैन,’ उपाध्यक्ष पाण्डेले भने, ‘पहिले–पहिले पनि एजेन्डाबारे जानकारी दिने गरिएको छैन, बैठक बस्न लागेको जानकारी मात्र आउँछ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले भोलि दिउँसो २ बजे राखिएको जनाएको छ । बैठकमा सरकारको कामकारबाही, सरकारले संसद्मा दर्ता गराएका अध्यादेश पारित गराउन आइरहेको जटिलता लगायतका विषयमा छलफल हुन सक्ने नेताहरूले बताएका छन् ।