प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्ने भएका छन् ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललेको विशेष अनुरोधमा ओलीले फागुन २३ गते दिउँसो २ बजे प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

आइतबार मुख्यमन्त्री कँडेलले प्रधानमन्त्री ओलीलाई भेटेर विशेष सम्बोधनका लागि अनुरोध पत्र हस्तान्तरण गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *