लगातार स्थिर रहेको सुनको मूल्यमा आज बृद्धि
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन प्रतितोला १४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन प्रतितोला १ लाख ६८ हजार १ सयमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १९४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।