इँटको जवाफ पत्थरले दिने राजावादीलाई ‘प्रचण्ड’को चेतावनी  

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इँटको जवाफ पत्थरबाट दिइने बताएका छन् ।

शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ‘प्रचण्ड’ले राजावादीहरूको पछिल्लो घटनाक्रमतर्फ इंगित गर्दै यस्तो बताएका हुन् । ‘इँटको जवाफ पत्थरले दिन माओवादी केन्द्र तयार छ,’ प्रचण्डले भनेका छन् । उनले सोही जवाफ अन्तर्गत आगामी चैत १५ गते काठमाडौंमा प्रदर्शनको कार्यक्रम आयोजना गरिएको र त्यहाँ उपस्थित हुन सबैलाई आह्वान गरे ।

‘जुन नौटंकि देखाइँदै छ, राजा महाराजाको बारेमा, राजावादीहरूले देशलाई कहाँ पुर्‍यायो ?,’‘प्रचण्ड’ले भने, ‘आफ्नै वंश मास्नेले अहिले फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सियो भन्ठानेको ? उनले प्रश्न गर्दै भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *