पूर्वविशिष्टलाई आजीवन सुविधा दिनेगरी सरकारले ल्याउन लागेको विधेयकको चौतर्फि विरोध

काठमाडौं । सरकारले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिनेगरी विधेयक ल्याउने गृहकार्य गरेको भन्दै सत्तारूढ दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विरोध गरेका छन् ।

सरकारले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषदका पूर्वअध्यक्ष र राष्ट्रियसभा पूर्वअध्यक्षलाई आजीवन सुविधा दिनेगरी विधेयक ल्याउने तयारी गरेको छ । यस्तो व्यवस्थाले पार्टीको हित नगर्ने कोइरालाको भनाइ रहेको छ । गृह मन्त्रालयले पूर्वविशिष्टहरूका लागि आजीवन सुविधा दिने गरी विधेयक ल्याउन मन्त्रिपरिषदबाट स्वीकृति लिइसकेको छ ।

यसको विरोध गर्दै नेता कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘विनास काले विपरित बुद्धिः सरकार कुशासनको दुश्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोस, सत्तारुढ पार्टीभित्र नै सरकारको कामको तीव्र विरोध र गलत तत्वहरूले सडक तताइरहेको संवेदनशील अबस्थामा अर्को दुस्कर्मको प्रयासः पूर्व विशिष्टलाई आजिवन सुविधा । यस्ता कामले व्यवस्था र पार्टीको हित गर्दैन। सरकार, यस्ता काम अघि नबढाऊँ ।’

कोइरालाले बरू दिएको सुविधा पनि घटाउन आग्रह गरेका छन् । यतिबेला सरकारले ल्याउन लागेको यो विधेयक पछि सामाजिक सञ्जाल देखि बिभिन्न ठाउँमा सरकार र उक्त विधेयकको चौतर्फि विरोध सुरु भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *