स्ववियु निर्वाचनको नतिजाले राजतन्त्रको पक्षमा जनमत छैन भन्ने पुष्टि : महामन्त्री शर्मा

तनहुँ । नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले शनिबार (चैत ९) दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताएका छन् । उनले वर्तमान व्यवस्थालाई बलियो बनाउनुपर्नेमा जोड दिए । वर्तमान व्यवस्थाको विकल्प राजतन्त्र नभएको उनले उल्लेख गरे । उनले राजतन्त्र पुनर्स्थापना हुने भ्रमबाट मुक्त हुन सम्पूर्ण नागरिकलाई आग्रह गरे ।

उनले जनतामा निराशा र असन्तुष्टि रहेको स्वीकार गर्दै त्यसलाई सम्बोधन गर्न विलम्ब हुन नहुने बताए । महामन्त्री शर्माले चैत ५ गते भएको स्ववियु निर्वाचनको नतिजाले नै राजतन्त्रको पक्षमा जनमत छैन भन्ने पुष्टि गरेको बताए । उनले पार्टी बलियो हुनुपर्ने र त्यसका निम्ति सबै कार्यकर्ताबीच एकता अपरिहार्य रहेको औँल्याए । एउटाले अर्को कांग्रेसीको अस्तित्व स्वीकार गर्नुपर्ने उनको भनाइ थियो । रासस

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *