सरकारले वर्षौं लगाएर आयोजना निर्माण गरेका कारण लोडसेडिङ अन्त्य भएको हो- प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वर्षौं लगाएर आयोजना निर्माण गरेका कारण मुलुकमा लोडसेडिङ अन्त्य भएको बताएका छन् ।
मंगलबार बालुवाटारमा सुजता कोइरालाद्वारा लिखित ‘म र मेरो सानोबुबा’ (आत्मकथा) लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले कसैका चमत्कारले नभई वर्षौं लगाएर गरिएका कामले बिजुली आएको बताए। उनले कुलमान घिसिङले बिजुली, चिम वा ट्रान्समिसन बोकेर आउनु भयो कि? भन्दै प्रश्न गरे। कुलमानका विषयमा माओवादी अध्यक्ष ‘प्रचण्ड’ले भ्रम छरेको भन्दै उनले कुनै एक व्यक्तिले मात्रै अन्धकार हटाएको भन्ने भ्रममा नपर्न आग्रहसमेत गरे।
उनले स–साना कुरालाई समातेर हल्लाखल्ला गर्ने काम भएको बताए। प्रधानमन्त्री ओलीले अहिले आफूले सरकारको नायकत्व लिएको भन्दै केही समयपछि काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नायकत्व लिने बताए।