(हेगे हमर घरवाली हैप्पी वेडिङ्ग एनिभर्सरी !)माक्शवादी लोकतन्त्र भित्रकोे सामाजिक स्वतन्त्रता–१
(‘माक्शवादी लोकतन्त्र भित्रको सामाजिक स्वतन्त्रता–२(हैप्पी वर्थडे घरवाली !’ भन्न निम्नवर्ग स्वतन्त्र छन्) मिति २४ मार्च ई.सं.२०२५–चैत ११ गते बि.सं.२०८१ मा प्रकाशित) ।
“ ए बुढिया ! यहाँ बसेर के गरिरहेकी छ्यौ ?–तपाईलाई नै पर्खिरहेकी छु ,बुढा !
–मलाई यशरी पर्खिरहन कहिले देखि छोड्छ्यौ ?– जब तपाईले मलाई छोड्नुहुन्छ त्यसवेला देखि….
–मैले छोड्छु भन्ने भरोसा नगर है बुढिया,म त तिमिलाई मरेपछि पनि छोड्दिन बुझ्यौ ?
–हे,भगवान ! म त यी बुढाको चक्करमा,नराम्रोसँग फँसे छु”(प्रयासजोशी,भारत) ।
“झरनाहरु नदीसँग मिल्छन् नदीहरु महासागरसँग,गगनको सबै हावा मिल्छन् एकापसमा एउटा मृदु उमङ्गको रङ्गमा; कोही पनि छैन एक्लो छैन् यस संसारमा;दैवी विधान छ यस्तो सबै बस्तु एक आपसमा मिल्छन् । त्यसोभए किन नमिलौ त म् तिमीसँग ?–हेर गएर पर्वतलाई म्वाई खाईरहेको छ उच्च अम्बरलाई र लहरहरु आपसमा आलिङ्गन् गर्दैछन् ;फूल पनि एक अर्काको लागि बनेका हुन;सूर्यको किरणले धरतीको काँधमा हात राखेर अङ्गालो हाल्छन् चन्द्रमाका किरणले समुन्द्रलाई म्वाई खान्छन्ः यी सबै मृदुताको कुनै मूल्य हुन्न यदि तिमीले मलाई म्वाई खाईनौ भने ?”(पी.बी.शेल्ली । लभस् फिलोसफी । पोएम अफ द डेः ‘लभस् फिलोसफी’ बाई पर्सी बाइस्शी शेल्ली–अबीगेल । द ब्रुक बुकवर्म डटकम् । १५ मे ई.सं.२०१४ । हिन्दीमा अनुबाद प्रो.राणासिंह,भारत–२८ फरवरी ई.सं.२०२५ को सामाजिक सञ्जालको भित्ताबाट । यो पंक्तिकारले अंग्रेजी हिन्दी दुबै मिलाएर नेपालीमा भावानुवाद गरेको) ।
“जवसम्म भाषासँग चिन्ता गरिन्छ,तवसम्म विकल्प त रहिरहन्छ ;निर्विकल्प–ज्ञान हुँदा खेरी सत्य ज्ञान हुन्छ (पतञ्जली,योगशास्त्र) । यो कशरी हुन्छ,योगशास्त्रमा विस्तृत गरिएको छ”(योगसुत्र १।४८) । यहाँ मैले पनि धनुषा जनकपुरमा बस्दा जीवन,परिवार र समाजसँग जोडिएको हरेक नयाँ बर्षमा आउने एक अविस्मरणीय दिन बैशाख १७ गतेको स्मरण गर्दै मसँग सामाजिक सञ्जालमा जोडिनु भएका हिन्दी भाषाका चर्चित भारतीय साहित्य तथा काव्यकथा लेखक प्रयासजोशीको उहाँसँग अनुमति लिएर अनुवाद गरेको उपरोक्त ‘भरोसा’ शीर्षकको कवितालाई र शेल्लीको रोमाञ्चकारी उपरोक्त कवितालाई पनि –‘हैप्प्पी मेरिज एनिभर्सरी माई डियर घरवाली’भन्दै अर्नेष्ट हेमिङ्ग वे ले–“बुढो मान्छेहरु बुद्धिमान हुन्छन भन्नु भ्रान्ति हो,बरु उनीहरु बुद्धिमान भन्दा पनि सावधान हुन्छन्” भन्नु भएझैँ सावधान भएर अनि चिनीया दार्शनिक झवाङ्गजीले उहिले भन्नु भएको–“शब्द हावा जस्तै हुन्छ,अर्थ समुद्र जस्तै,किनारा देखि हामी गहिराई हेर्न सक्दैनौँ” सम्झेर कविताको गहिराई नबुझे पनि सतहमा जे जस्तो बुझँे त्यसैको अर्थमा उपरोक्त अनुसार प्रस्तुत गरेको छु । मैले हिन्दीबाट नेपालीमा भावानुवाद गरेको उपरोक्त कविता मेरी घरवालीलाई प्रस्तुत गर्दा “एउटा बञ्जर जस्तै हृदय,एउटा जङ्गली फूल जस्तै,मान्छेको पीर लाटो नै भएपनि कम्तिमा गाउने त गर्छ”(दुष्यन्त,भारत) भन्ने अग्रज श्रष्टाहरुको सिर्जना पनि सम्झना गरेर मनमनै गीत पनि गाउँछु ,प्रविधिको पनि उपयोग गरेको हूँ वेडिङ्ग एनिभर्सरीको सम्झनामा भन्ने विश्वासका साथ ।
हैप्पी वर्थ डे टु यू,हैप्पी मैरिज–वेडिङ्ग एनिभर्सरी जस्ता हाम्रौ पिढीले नसुनेका,नमनाएका कार्यक्रमहरु अचेल झण्डै सानो सानो विवाह कै तामझाममा मनाउन थालिएको छ । अझ कम्युनिष्ट भन्ने टन्न कमाएका जमातले त नेपालमा ‘ए छोराछोरीले टीक टक बनाइ त हालेछन ’भन्दै आफु त यसो गर्न नचाहने तर केटाकेटीले जिद्धी गरेकाले गर्नु परेको तर्क सार्छन अगाडि जक लुकानले लिएको स्वतन्त्रताको मनोविश्लेषणात्मक सिद्धान्तको आधार नै लिएर जसरी । जे होस प्रविधिले अव हरेक नागरिकमा स्वतन्त्ररुपमा प्रवेश पाएको छ । आचरणमा रहेर नैतिकतामा रहेर प्रविधिको उपयोग सार्थक कुराको लागि गर्नुपर्छ भन्ने मान्यताले स्थान ओगटदा यसलाई नजर अन्दाज गर्न पनि नसकिने रहेछ–समाजमा प्रविधिसँग खेल्न नजान्दा एक्लो पर्ने सम्भावना देखिन थालेको छ ।
अहिले प्रविधिको साशन छ । र सोसल मेडीया मानबको सामाजिक औ परिवारिक जीवनमा हावि भएको छ । सबै आफुलाईमात्र ठालु ठान्ने प्रवृति सोशल मेडीया मार्फत चलेको छ । लेखकलाई पनि आफ्ना रचना सबैले बढुन भनेर प्रकाशित भएपछि सामाजिक सञ्जालमा राख्न चाहन्छन् । भित्तामा साझा गरिएको विचारमा सबैले लाइक तथा टिप्पणी गरिदिए हुन्थ्यो भन्ने चाहन्छन् । भारतीय सोसल मेडीया जनविचार सम्बादमा १२ मार्च ईं.सं.२०२५ का दिन आबिद खान गुड्डूले–“घरबाट बाहिर निस्केर हाम्रा अग्रज बुज्रुकहरु डुलेर सवैलाई राम–राम,प्रणाम गर्दै घर फर्कनु हुन्थ्यो । तपाईँ साथीहरुको सूचिबाट आनलाइन सदस्यहरुलाई एक पटक नमस्कारको मैसेज गरेर हेर्नु भयो भने उताबाट या त तपाईको एकाउण्ट हैक भएको छ या तपाईलाई उनीसँग कुनै काम परेकाले गरेको होला भन्ने आशयमा जवाफ आउँछ । अहिले हाम्रा बुज्रुकहरुको पालाको संस्कृति लोप हुँन थालेको छ । अलिकति थोरै भएपनि स्वागत,सत्कार,मिठो वोल्ने सांस्कृतिक व्यवहार बचाउने हामी अवको केही दशक सम्मको लागि अन्तिम पीढी हुने छौँ,त्यसपछि यस्तो हुने छैन,अहिले पनि छैन,पोस्ट कल्चर (पद संस्कृति) समाजले पहिले नै समाप्त पारिसकेको छ । अरु के गर्दै होलान–अरु मानिस कस्ता छन भन्दा म केही हूँ भन्ने भावले स्थान लिएकाले यो झुठो संसारबाट निस्कनुपर्छ । त्यतिसँग मात्र जोडिनुपर्छ जोसँग तपाईँ आफ्ना करोडौँ क्षणको सानो क्षणमा कुनै न कुनै बेला जोडिन सकियोस–उनीहरुलाई बुझ्न सकियोस । नभए त यो सोशल मीडिया साँच्चै नै एक दिन हामी चाहेर निस्कन खोजेपनि नसक्ने गरी हाम्रो बुद्धिमा अन्धकारले ढाकीदिने छ”भनेर साझा गर्नु भएको विचार मननयोग्य छ । गालिवले–“यस संसारमा मानिस परिवर्तन हुन्नन सिर्फ नाङ्गेझार मात्र हुन्छन” भन्नु भए झैँ हामीले पनि प्रविधि परिवर्तन भयो भन्दैमा नाङ्गेझार हुनेगरी सोसल मेडीया सामाजिक सञ्जालको उपयोग नगरौँ ।
कम्युनिष्ट पार्टीको घोषणपत्रमा भनिएको छ –“सर्वहारालाई हारेमा साङलो बाहेक केही गुम्ने छैन र जितेमा सारा संसार सामुन्ने हुन्छ ”। माक्र्शले स्पष्ट रुपमा भन्नु भएको छ –“राजनीतिक सत्ता सही अर्थमा भन्नु पर्दा एक वर्गले अर्कोवर्गलाई उत्पीडन गर्ने सङ्गठीत शक्तिको नाम हो । परिस्थितिको कारण सङ्घर्षको बेला पूँजिपतिको विरुद्ध सर्वहारा वर्गले आफुलाई एक वर्गको रुपमा सङ्गठीत शक्तिमा विकाश गर्नुपछ । क्रान्तिको माध्यमबाट सर्वहाराहरुले आफुलाई साशक बनाएर पुरानो उत्पादन साधनलाई बलपूर्वक अन्त्य गरिदिन्छन भने यो अवस्थासँगसँगै वर्ग–विरोधहरुको अस्तित्व र खाशगरी आफ्नै वर्गीय अस्तित्वको समाप्त गरिदिन्छन् । यसरी एक वर्गको रुपमा स्वयं आफ्नै प्रभुत्वलाई पनि समाप्त पार्छन् ।” अर्थात स्वतवतन्त्रता र अधिनायत्वको व्यवहार र नियतमा परिवर्तन हुन सक्छ ।
माक्शवाद कशैलाई अति घृणाको विषय हुन्छ त कशैको लागि समाज हो,जीवन हो,बाँच्ने आधार र भरोशा हो,लोकतन्त्र पनि हो । तर,सोभियतसङ्घको विघटनपछि विश्वको सामाजिक क्रियात्मकतामा देखिएको परिवर्तन छर्लङ्ग छ । माक्र्शवादको त्यो तेजिलो धार र चम्किलोपन निस्तेज भएको छ । चिनले तिव्वतमा धर्म सहितको समाजबादको व्यवहारमा कार्यान्वयन गर्दै छ ,जसलाई आधुनिक समाजबाद भनेर । मदन भण्डारीले हत्तपत बहुदलीय जनवाद ल्याउनु भयो,मोहन विक्रम सिंहले जनमोर्चा । रायमाझी दुरदर्शी हुनुभएर राजतन्त्रमापनि साम्यवाद देख्नु भयो जसरी प्राचिन रामको राज्यलाई राम–राज्य या साम्यबादी व्यवस्था थियो भनेर पनि भन्ने गरिन्छ । जव सर्वहारा साशनमा गएपछि सर्वहारा वर्गले आफ्नो प्रभुत्वलाई नजानिदो तवरले समाप्त पार्दै लगेका हुन्छन् ,विकाशसँग मानवले स्वतन्त्रता पनि खोज्न थाल्दछ । कम्युनिष्ट घोषणापत्रकोे सार थियो हरेक शोषण र दासत्वबाट मुक्ति । जव व्यक्तिको स्वतन्त्र प्रगति समष्टिगत स्वतन्त्र प्रगतिको शर्त हुन्छ तव एक किशिमको परम स्वतन्त्रता हुन्छ । सर्वहाराको साशनले क्रान्ति सम्पन्न गर्ने काम त गर्छ तर त्यसपछिका चुनौतिपूर्ण अशली कामहरु जस्तै मानिसको स्वतन्त्रताको सुनिस्चित गर्दै राज्यले दमनकारी उपस्थिति नदेखावोस् भन्ने तर्फ पनि सचेतता अपनाउनु पर्छ भन्ने हेक्का राख्नुपर्छ । सायद माक्र्शवादीहरु यस कुरामा चुकेका छन् ,गणतन्त्रमा राजाको नाम नै उच्चारण गर्नु हुन्न भनेर । राज्य विहिनताको कल्पना गर्ने साम्यबादीहरुले राज्यखडा गरे,जनता गौण भए । उनीहरुले जे तन्त्र झुण्ड्याउँछन त्यही तन्त्र नै जनताको तन्त्र हो भन्ने मान्यता स्थापित हुन गयो । सोचसँग चरित्र पतनमा बदलीयो । नेपालका अहिलेका लोकतन्त्रबादीहरु जस्तै । मसँग सामाजिक सञ्जालमा जोडीनु भएका भारतीय साहित्य लेखक कृष्ण पोडवाल लेख्नु हुन्छ –“तपाईँले खूट्टामा झुण्डाई दिनु भो लोकतन्त्र,र अब तपाईँ खूट्टालाई नै लोकतन्त्र भन्न थाल्नु भएको छ”(सामाजिक सञ्जालको भित्ताबाट । १६ मार्च ई.सं.२०२५) ।
लोकतन्त्र,गणतन्त्रको अघिल्तिर राजतन्त्र प्रतिद्वन्दी हैन । तर,अहिले नेपालमा लोकतन्त्र तथा गणतन्त्रबादीहरुले राजालाई प्रतिद्वन्दी देख्न थालेको महसुश गरिन थालिएको छ । चाल्र्स डिकेन्स भन्नु हुन्छ–“धेरै मान्छे तपाईलाई मन पराउँदैनन्,खाशगरी त्यतिवेल जव तपाईलाई उनीहरु प्रतिद्वन्दीको रुपमा हेर्छन ।” जव राजनीति सेवा हैन लाभ दायक व्यवसाय हुन्छ ,जव राजनीतिलाई नाफासँग जोडाइन्छ तव लोकतन्त्रको नाममा अराजनीति गर्नेहरु पक्कै अत्तालिन्छन नै चाल्र्स डिकेन्स ले भन्नु भए झैँ गरी–“जो बस्तु नाफसँग जोडिएको हुन्छ,जव उसलाई विपत्ति र खतराको सामना गर्नुपर्छ त त्यसवेला एक अर्कालाई छोडिदिन्छन ।” यशो भएमा कुनै आश्चर्य नमाने हुन्छ । दक्षिणी फिलिपिन्सको दाभाओ शहरको नगर प्रमुखबाट उदय भएर ६ वर्षसम्म फिलिपिन्समा शासन चलाएका पूर्व राष्ट्रपति रोद्रिगो दुतेर्ते ले सत्तामा पुगेपछि लागुपदार्थ तस्करहरूलाई उन्मूलन गर्न एक बृहत् अभियान चलाए । जसलाई अधिकार समूहले ‘मृत्यु दस्ता’ भन्ने गरेका छन् । लागुऔषध विरुद्धको निर्मम कदम चलाउदा भन्ने गर्नु हुन्थ्यो–“लागुपदार्थको कुलतमा रहेका तिमीहरू सबैलाई म साँच्चै मार्नेछु ,मसँग धैर्य छैन । मेरो कुनै मध्य मार्ग छैन । या त तिमीहरूले मलाई मार वा तिमीहरूलाई म मार्नेछु”। यदि लागुपदार्थ तस्करहरूलाई उन्मूलन गर्ने उदेश्यमा इतर पक्षको पनि सर्वनाश ऊन्मोलन गर्ने नियत नभएको हो भने देश र समाजलाई हित गर्ने यस्तो कदमको स्वागत गर्न जनता स्वतन्त्र हुन्छन नै । तर जनताले ज्यानको दाऊ लाएर लोकतन्त्र ल्याएपछि घोषणा गरिएको गणतन्त्रले नेताहरुलाई चुनौती सहित अवशर तथा जिम्मेवारी समेत दिएको थियो । राजनीति आफ्नो लागि गर्ने हो भने आफैँले मात्र भोट हाल्दा हुन्छ नि,जनताले मत दिएपछि जनताको लागि राजनीति गर्ने हो । दलको नाममा उठाएका नेताले जित्छ,कहिलेकाहीँ दलको नाममा खराव मान्छेले जित्न सक्छ संबिधानले लूटतन्त्रको स्वतन्त्रताको छूट दिएको कशैलाई थिएन । जनताले जिताएकाले जे गरेपनि टुलुटुलु हेर्नुपर्ने जनताले फिर्ता गर्न पाउने अधिकार–राइट टू रिकल को व्यवस्था लोकतन्त्रमा नहुने भए अर्को व्यवस्था वा तन्त्र विकल्प दिनलाई कुरिरहेको हुन्छ नभए जनताले राजा एउटा शक्ति हो र यो शक्ति गणतन्त्रको निगरानीमा छ भन्ने विर्सेर रहर र लहडको मिशनतिर लाग्दा राजाले खवरदारी गर्न स्वतन्त्र हुन्छन नै । भारतमा लोकसेवा आयोग कोचिङ्ग सेन्टर बन्द गर्नुपर्छ भन्ने आवाज पनि उठेको थियो । कशैलाई कोचिङ्ग सेन्टरले सेटिङ्गको काम गर्छ भनेर सोसलमेडीयामा साझा गर्ने लहड चलाउन स्वतन्त्रता हुन सक्छ यदी उ बहुलबादको पक्षमा वकालत गर्न चाहन्छ भने । नेपालमा साशक,साशन–व्यवस्था,प्रशासन,नीति,कार्यक्रम सबै परिवर्तन नै भारतले निर्देशनमा गरेपछि जे आउँछ त्यो नेपालीले सहजै पचाउँछ गर्ने के ? आर्थिक नाकावन्दी नै भारतले लगाएछ भने पनि के चाहिँ गर्न सकिने रहेछ र ? आखिर एशियाली परिस्थिति अनुकुल प्रजातान्त्रिक समाजबादका प्रथम व्यवहारिक नेता स्व.वीपीका सुपुत्र प्रकाश कोईरालाले भन्नु भए झैँ “नेपालको सवभन्दा ठूलो समस्या भनेको दक्षिणको खुला सिमाना नै हो ।” संविधान नेताले नमान्दा लोकतन्त्र र स्वतन्त्रता पनि समस्या हुन सक्छ ।
सिरहाको औरही यादवहरुको ऐतिहासिक वस्ती हो । राजा पृथ्वी वीर बिक्रम शाहदेवकी बडामहारानीले समाजमा महिलाहरुमाथि हिंशा गरेको आरोपमा यहाँका यादवहरुलाई पटवारी पदबाट बर्खास्त गर्नुभएको थियो रे भन्ने सुनेको थिएँ–सिराहामा बस्दा । अहिले यादवहरुवाटै अर्को अन्याय भएको समाचार पढ्न पाईयो । विष्णु महायज्ञ गर्न मण्डपको लागि स्थानको व्यवस्थापनको नाममा जनता समाजवादी पार्टीका जिल्ला सदस्य,औरही गाउँपालिकाका अध्यक्ष तथा महायज्ञ आयोजक समितिका अध्यक्ष शिवजी यादव आदेशमा स्थानीय दलित दीपक मल्लिक डोमको घरमा डोजर लगाएर भत्काएकोमा निज यादवलाई प्रशासनबाट गिरफ्तार गरिएकोमा जसपाले निजको प्रतिरक्षामा ज्ञापनपत्र बुझाएको र नेपाली काँग्रेसले दोषिलाई कारवाही गर्न माग गरेको सन्दर्भमा हैट राजनीति यस्तो साम्प्रदायिक्तात्मक फाँसीवादी नहुनु पर्ने हैन र भन्दै सोच्दै अझै कति दिन यो जिन्दगी गुजार्नु पर्ने हो जस्तो लाग्छ ? “मैले गुजार्न सकिन जसलाई,त्यही जिन्दगी मैले गुजारेको छु”(जौन एलिया,साहित्य लेखक,विभाजन अघि भारतीय र पछि पाकिस्तानी कवि) ।
योगी आदित्यनाथ मुख्यमन्त्री हुनुभएको भारतको यूपि राज्य,जलालपुर,अम्बेडकर नगर प्रशासन उप जिल्लाधिकारीको नेतृत्वमा प्रहरीले जर्वजस्ती अतिक्रमण हटाउने सन्दर्भमा छाप्रो घर भत्काउँदै गर्दा त्यहीँ गाउँको एक प्राथमिक विधालयमा अध्यनरत उक्त झुपडीकी छोरी ७ वर्षीया अनन्याले आफ्नो किताव कपी नजलुन भनेर सुरक्षाको लागि प्लाष्टिकको झोलामा हालेर पर लगेर गुहार गर्दै खुला आकाश मुनि अरुसँग मद्धत मागिन । यश घटनाको छोटो १० सेकेण्डको भिडियो सामाजिक सञ्जालमा व्यापक रुपमा साझा भयो ।

मसँग सामाजिक सञ्जालमा जोडिनु भएका सामाजिक सुधारमा समेत कलम चलाउने साहित्य लेखक नीलोत्पल(उज्जवैन) ले “साँच्चै अनन्या कितावको त्यो पहिलो पृष्ठ हुन जहाँबाट बोली,भाषा र जीवनको शुरुवात सम्भव हुन्छ” भन्दै यस घटनाको चित्रण गर्न एआई प्रविधिको छविचित्र सहित २२ मार्च ई.सं.२०२५ का दिन आफ्नो सामाजिक सञ्जालको भित्तामा साझा गर्नु भएको कविता मैले भावानुवाद गरेर यहाँ देहाय अनुशार प्रस्तुत गरेको छु –
“जब पितालाई लाग्यो,नृशंस राजा कुनै हालतमा रोकीनुहन्न,
किनकी उनी जान्दथे की,बुलडोजरले घर ढाल्नु उसको सोख हो
सबभन्दा पहिले,उनले खुला आकाशमुनि बिछ्याउनको लागि,घरमा त्रिपाल खोजे
आमा र बालबच्चाको लागि,हिजोको बाँकी रोटी राखेको थियो
डराएकी छोरीलाई के थाहा, के के बाँकी राख्ने हुन भन्ने
उनले आफ्ना मनपरेका खेलौनाहरुलाई
माटोबाट फेरि बनाउँला,प्रयाश गरौँला नि भन्ने सोचेर छोडिदिइन
उनी सपना देख्नको लागि,किताब र कपीहरु लिएर दौडिन थालिन”( बुलडोजरको विरुद्ध) ।
दक्षिण तिरका छिमेकि राजनीतिज्ञले गर्छन त्यस्तै यता हाम्राले पनि गर्छन उतैकालाई खुशी पार्न हो की जस्तो व्यवहार देखाएर । यूपि अम्बेडकर नगरकी छात्रा अनन्याको स्वतन्त्रता र त्यहाको नगर प्रशासनको स्वतन्त्रताको सिमा र व्याख्या कशरी गर्ने ? अनन्याको जन्म दिन तथा उनका पिता माताको विवाह भएको दिनहरुको स्वतन्त्रता सायद बुलडोजरको धुलोसँग भलाकुशारी गर्दै होलान सिराहाका दीपक मल्लिकका छोरा छोरी र पत्नीको नियति जस्तै गरी ! जे भएपनि विष भएको सर्पले मणीको चाहना राख्नु स्वभाविक हो भन्ने कुरा स्थापित सत्य नै हो भन्ने स्वीकार गरिरहेकै छौँ ।