प्रतिनिधि सभाको बैठक भोली सम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक भोली सम्मका लागि स्थगित भएको छ ।

यसअघि बिहान ११ बजेदेखि शुरु हुनुपर्ने बैठक समयमा बस्न नसकेपछि संसद सचिवालयले २ बजे बस्ने सूचना प्रकाशित गरेको थियो । तर सभामुखसँगको छलफलमा विपक्षी दल आफ्नो अडानबाट पछि नहट्ने बताएपछि बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।

सरकारले कुलमान घिसिङलाई हटाएको विरोधमा विपक्षी दलहरुले अवरोध जारी राखेपछि बैठक समयमा संचालन हुन नसकेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *