सिटिजन लाइफले काठमाडौं बाल अस्पताललाई ५ लाख सहयोग
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं बाल अस्पताल निर्माणका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले बाल स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि यो योगदान गरेको हो । गत वर्ष पनि सिटिजन लाइफले अस्पताललाई आर्थिक सहयोग गरेको थियो । कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले काठमाडौं इन्स्टीच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष प्रोफेसर डा. भगवान कोइरालालाई चेक हस्तान्तरण गरेका हुन् ।
काठमाडौं बाल अस्पताल निर्माणको उद्देश्य नेपालका निम्न आय भएका परिवारका बालबालिकालाई किफायती, गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउनु हो । सिटिजन लाइफले आफ्नो सामाजिक उत्तरदायित्वअनुसार विभिन्न शैक्षिक, स्वास्थ्य तथा वातावरणीय कार्यक्रम सञ्चालन गर्दै आएको छ । कम्पनीले आगामी दिनहरूमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।