सिद्वार्थ प्रिमियर इन्स्योरेन्सको क्यालेन्डर सार्वजनिक

काठमाडौं । सिद्वार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले विक्रम सम्वत २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित एक समारोहमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष सुरेश लाल श्रेष्ठ र अन्य सञ्चालक सदस्यहरूले क्यालेन्डर सार्वजनिक गरेका हुन् ।

क्यालेन्डरमा नेपाल सरकारद्वारा स्वीकृत विदा, पर्व र दिवसहरूको सूचि साथै पञ्चाङ्ग विधि तारेखको जानकारी समावेश गरिएको छ । यसमा विशेष गरी जलवायु परिवर्तन सम्बन्धी अवधारणामा आधारित फोटोहरू पनि प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *