जनकपुरधाममा स्थानीय र प्रहरीबीच झडप

जनकपुरधाममा स्थानीय र प्रहरीबीच झडप भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका २३ बिन्धीका १९ वर्षीय आँशु यादवको हत्यामा संलग्नलाई पक्राउ गर्न माग गर्दै आन्दोलनमा उत्रिएका पीडित परिवारसँगै स्थानीयहरूसँग झडप भएपछि प्रहरीले आश्रुँग्यास प्रहार गरेको छ । आइतबार बिहानैदेखि मृतक आँशुका आफन्त र स्थानीय जनकपुरधाम-जलेश्वर बाटो अवरुद्ध गरेर आन्दोलित बनेका थिए ।

पीडित परिवार र स्थानीय महिला बसेको प्रहरीले टेण्ट हटादिएपछि आक्रोशित बनेका स्थानीयले प्रहरीलाई लखेटेका थिए । स्थानीयले ढुङ्गामुङ्गा गरेपछि प्रहरी आश्रुँग्यास फायर गरेको थियो । सयौँ संख्यामा प्रहरी परिचालन गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *