कथा र शब्दजालले अब मानिसले पल्याउदैनन्- अध्यक्ष लिङ्देन
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कथा र शब्दजालले अब मानिस नपत्याउने बताएका छन्।
आज (सोमबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले युवापुस्ता यो व्यवस्थाप्रति सचेत र परिचित रहेको बताएका छन् । उनले अब युवापुस्ताले गणतन्त्र उल्ट्याउने बताए । प्रतिनिधिसभामा बोल्दै उनले गणतन्त्रको नाममा लूट मच्चाइएको भन्दै यो अब युवापुस्ताले नमान्ने समेत बताए । उनले उड्ने प्लेनदेखि बस्ने प्लेन ठाउँसम्म कमिसन खाएको र भ्रष्टाचार गरेको कतै नछिपेको बताए ।
उनले नेपाली युवालाई नक्कली भुटानी बनाएर बेच्ने पनि यही व्यवस्थाका पक्षपातीहरूबाट भएको बताए । उनले गणतन्त्रवादीहरू मादल बजाएर आएको होरु भन्दै प्रश्न गरे। उनीहरूले हत्या-हिंसा गरेको कतै नछिपेको बताए।