तीनकुने घटनाले सबैलाई दुख्दा पुर्वराजालाई दुखेन- महामन्त्री विश्वप्रकाश शर्मा
काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीनकुनेमा भएको घटनाले सबैलाई दुख्दा पूर्वराजा ज्ञानेन्द्र शाहलाई नदुखेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै तिनकुने घटनामा सबैलाई दुखेपनि निर्मल निवासलाई नदुखेको बताएका छन् । उनले भनेका छन्- ‘चैत १५ गते तीनकुनेमा सविन महर्जन र सुरेश रजकको मृत्यु भयो । उक्त मृत्युमा सबैले दु:ख व्यक्त गरे, सबै दलले वक्तव्य निकाले । तोडफोड हुँदै गर्दा सबैलाई दुख्यो तर निर्मल निवासलाई दुखेन । नागरिकको मृत्यु हुँदा सबैलाई दुख्यो तर निर्मल निवासलाई दुखेन ।’ महामन्त्री शर्माले तीनकुनेलाई दुख्दै गर्दा, तपाईंको हृदयलाई दुख्दै गर्दा हृदय नदुख्ने कस्तो राजा तपाईंले परिकल्पना गर्नु भएको छ भन्दै प्रश्न गरेका थिए ।