नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आजपनि बढेको छ ।

आइतबारको तुलनामा आज सोमबार सुन १ हजार १०० रुपैयाँ बढ्दै सुनको मूल्य तोलामा १ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको हो । जुन मूल्य आजसम्मकै महँगो हो । नेपाल सुनचाँदी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा २ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार भने तोलामा २ हजार ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *