भाटभटेनी सञ्चालक गुरुङले प्रसाईँलाई दिए गुण्डानाइकेको संज्ञा

काठमाडौँ । भाटभटेनी सुपर मार्केटका सञ्चालक तथा अध्यक्ष मीनबहादुर गुरुङले राजसंस्था फर्काउने आन्दोलनका कमाण्डर बनाइएका दुर्गा प्रसाईँलाई गुण्डानाइकेको संज्ञा दिएका छन् ।

आज (बुधबार) भाटभटेनीले चैत १५ को घटनामा कम्पनीको सुरक्षामा योगदान दिएका कर्मचारीहरूलाई सम्मान गरेपछि अध्यक्ष गुरुङले भने, ‘हामीले वर्षेनी ट्याक्स तिर्छौँ सरकारलाई । हाम्रो ट्याक्सबाट सरकारले सुरक्षामा खर्च गर्छ । तर, हामीलाई सुरक्षा खोइ ? हाम्रा दशौँ हजार भाइबहिनीको सुरक्षा खोइ ? दुलप्रसाद पराजुलीले मात्रै गरेर सुरक्षा हुन्छ ?’ कार्यक्रममा बाल्दै उनले भने ।

गुरुङले राज्यले एउटा डनलाई पुल्पल्याएर राखेको हुँदा यो परिणाम आएको बताए । प्रसाइँको क्रियाकलापले राजसंस्था नआउने गुरुङले ठोकुवा गरे । उनले भने, ‘मारवाडीले यस्तो गर्‍यो, त्यस्तो गर्‍यो भन्दै हिँड्छ । मारवाडी देशको नागरिक होइन ? देश कंगाल बनाउने ? दुर्गा प्रसाईँ गुण्डा नाइके हो । राज्यले पुलपुल्याउँदा आज यो परिणाम देखियो । उसको क्रियाले राजसंस्था फर्किँदैन, म ठोकुवा दिएर भन्छु ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *