भेस्पा र अप्रिलियाको ‘खुसीयाली साटा–साट’ नयाँ वर्ष २०८२ अफर

काठमाडौं । दुई पाङ्ग्रे सवारी ब्रान्ड भेस्पा र अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटो कर्पले नयाँ वर्ष २०८२ का अवसरमा अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘खुसीयाली साटा–साट’ अफर योजना ल्याएको हो । अफर अनुसार ग्राहकले भेस्पा र अप्रिलियाको स्कुटर खरिदमा छुट, किस्ता सुविधा र उपहार प्राप्त गर्नेछन् । भेस्पा तथा अप्रिलियाको स्कुटर खरिद गर्ने ग्राहकले १० हजार रुपैयाँ नगद छुट, ४.९९ प्रतिशत ब्याजदरको ईएमआई सुविधा र एक्स्चेन्ज सुविधामा १० हजार रुपैयाँ बराबरको अतिरिक्त मूल्यांकन पाउने कम्पनीले जनाएको छ । त्यस्तै हरेक खरिदमा ग्राहकले निःशुल्क हेल्मेट र किरिङ समेत प्राप्त गर्नेछन् । साथै, छिटो र सजिलो फाइनान्स योजना पनि हुलास फिनसर्भ लिमिटेड मार्फत उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *