प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबिच भेटवार्ता हुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो प्रयासपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । थाइल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले शुक्रबार अपराह्न भारतका प्रधानमन्त्री मोदीसँग साइडलाइन भेटवार्ता गर्ने भएका छन् । 

थाईल्यान्डको भ्रमणमा रहेका बेला उनीहरुको भेटहुने कार्यक्रम तय भएको हो । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली थाइल्यान्डमा छन् । भारतीय प्रधानमन्त्री मोदी बिहीबार पुगेका छन् । नेपालले ओली र मोदीबीच साइडलाइन भेटका लागि कूटनीतिक प्रयास गरेको थियो । प्रधानमन्त्रीसँग भ्रमण टोलीमा रहेका एक अधिकारीका अनुसार प्रयास सफल भएको छ भने भोली शुक्रवार भेटवार्ता हुने तय भएको हो ।

शुक्रबार अपराह्न ४ बजे भारतीय प्रधानमन्त्री मोदीसँग भेटको समय निर्धारित भएको छ । नेपालका तर्फबाट तयार पारिएको ओलीको थाइल्यान्ड भ्रमण कार्यतालिकामा शुक्रबार अपराह्न ४ बजेदेखि २० मिनेटमा मोदीसँग भेटवार्ता हुने उल्लेख छ । त्यसअघि बिहीबार श्रीलंका, भुटान, म्यानमारका सरकार प्रमुखहरूसँग ओलीले द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *