प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई रोक्न महानगर प्रहरी परिचालन, महानगरमा तनाव
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं आज कार्यालय जाने तयारी गरिरहेका बेला नगर प्रहरीले अवरोध गर्ने तयारी गरेको छ ।
महानगरका कर्मचारी र वडा अध्यक्षहरुले गुरागाईंलाई हाजिर गराउने प्रयास गरिरहेका बेला नगर प्रमुख बालेन शाहको निर्देशनमा नगर प्रहरीले अवरोध गर्ने देखिएको हो । अहिले गुरागाईं कार्यालयमा आउने जानकारी पछि उनको कार्यकक्ष अगाडी नगर प्रहरी तैनाथ गरिएको छ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुदा महानगरका कर्मचारीको तलब समेत रोकिएको छ । मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईले अनियमितता गरेको भन्दै उनलाई कारवाही गर्न र अर्को प्रमुख प्रशासकीय अधिकृत पठाउन आग्रह गर्दै आएका छन् ।
यता, महानगरका कर्मचारीहरूले भने सरकारले गुरागाईंलाई नै पठाएकाले हाजिर गर्न लगाएर काममा खटाउने पर्ने माग गरेका छन् ।