आइपिएल अन्तर्गत आज हैदरावाद र गुजरातबीच खेल हुदै
काठमाडौँ । जारी आइपिएल अन्तर्गत आज एक खेल हुदै छ । आज सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीच खेल हुदै छ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार राती ७ : ४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपिएलमा सनराइजर्सले तीन खेलमा हार बेहोरेको छ । आफ्नो पहिलो खेल जितेको सनराइजर्सले त्यसपछिक लगातार तीन खेल हारेर दबाबमा रहेको छ । त्यस्तै गुजरात टाइटन्सले भने खेलेका ३ मध्ये २ खेलमा जित हासिल गरेको छ । त्यस्तै एक खेलमा हार बेहोरेको छ ।
पहिलो खेलमा शानदार ब्याटिंग गरेर आइपिएलकै इतिहास बनाएको सनराइजर्सको ब्याटिंग त्यसयता चलेको छैन । सनराइजर्सलाई जित दिलाउन ट्राभिस हेड, अभिषेक शर्मा, इशान किसन र हेनरिक क्लासेनले जिम्मेवारपूर्ण ब्याटिंग गर्नुपर्ने देखिन्छ ।
त्यस्तै सन्तुलित टिम रहेको गुजरातले यस सिजनमा परिपक्क खेल देखाएको छ । एक खेल हारेपनि गुजरातमा कप्तान शुभमन गिल, साई सुदर्शन, रशिद खान र जोस बटलर जस्ता खेलाडीको राम्रो फर्मले राम्रो प्रदर्शन गरिरहेको छ ।