नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा एक हजार ९ सयले घटेर एक लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य तोलामा एक लाख ७६ हजार ४ सय रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी तोलामा ७० रुपैयाँले घटेर एक हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *