ललितपुर बचत संघका सिईओ बजगाईंको संयोजकत्वमा ‘ललितपुर साकोस फोरम’ गठन

ललितपुर । ललितपुरका बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापनहरुको ‘ललितपुर साकोस फोरम’ गठन भएको छ । ललितपुर जिल्ला बचत संघका प्रमुख कार्यकारी अधिकृत सन्तोष बजागाईंको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको हो । समितिमा खुत्रुकी साकोसका महेश्वर सिंखडा,इमेज साकोसकी लिना प्रधान, आयाम साकोसका गणेश नेपाल,गन्तव्य साकोसका उत्तम घिमिरे र मनीमण्डप साकोसकी जीना शाक्य रहेका छन्।

त्यसैगरी पद्मावती साकोसका बालकृष्ण महर्जन,कर्मठ सामुदायिक साकोसका कृष्णप्रसाद घिमिरे,इमाडोल साकोसका मनहरि श्रीमाली,मातृ साकोसकी शोभा सिगु र शैक्षिक विकास साकोसकी स्वीटि राजभण्डारी रहेकी छिन् । ललितपुरले सहकारीका असल अध्यास आदान प्रदानका साथै कर्मचारीहरुमा तालिम तथा शिक्षा मार्फत उत्कृष्ट व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *