मेयर शाहले तीनकुने घटनाका पीडित परिवारलाई भेटे
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले तीनकुने घटनाका पीडित परिवारलाई भेटेका छन् ।
तीनकुनेमा घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई भेटेपछि उनले निष्पक्ष छानबिनको माग गरेका हुन् ।बालेनले परिवारसँगको भेटमा व्यक्तिले ज्यान गुमाउने कुरा सामान्य नभएको उल्लेख गर्दै यस्ता आपराधिक घटनाको न्यायिक छानबिन हुनुपर्ने बताएको उनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिएका छन् ।
बालेनले परिवारसँग भनेका थिए- ‘व्यक्तिले ज्यान गुमाउने कुरा सामान्य हुदैँ होइन, यो अपराधिक हो । दोष कुनै पनि पक्षको होला त्यो तपशिलको कुरा हो, निस्पक्ष न्यायिक छानबिन हुनैपर्छ । तर्क जे सुकै होस्, कोहिले अनाहकमा ज्यान गुमाउनु भएन ।‘