भक्तपुरमा आजदेखि बिस्केट जात्रा सुरू

भक्तपुर। भक्तपुरमा आजदेखि बिस्का (बिस्केट) जात्रा सुरू भएको छ । बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्षको २०८२ को अवसरमा भक्तपुरमा आज शुभकामना र्‍याली निकालिएको हो । बिहीबार बिस्का जात्राको अवसरमा यहाँका जनप्रतिनिधि, कर्मचारी, संस्कृतिकर्मी, स्कुल,कलेजका शिक्षक, विद्यार्थी, स्काउट, संस्कृतिप्रेमी, नागरिक अगुवा एवम् विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको अगुवाइमा र्‍याली निकालिएको छ ।

भक्तपुर नगरपालिका वडा नं. ९ दत्तात्रयबाट सुरु भएको र्‍याली टौमढीमा पुगी सभामा परिणत भएको थियो । बिस्का जात्राको पहिलो दिन, चौथो दिन, पाँचौं दिन र नवौ दिन भैरवनाथ तथा भद्रकाली देवी देवतालाई विभिन्न काठ तथा बेतबाट तयार पारिएको रथमा राखी उक्त रथलाई डोरीले तानेर नगरका बिभिन्न टोलमा परिक्रमा गराइन्छ । बिस्काका मुख्य आकर्षण रथ यात्रा, लिङ्गो उभ्याउने र ढलाउने समारोहलाई मानिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *