शिक्षक आन्दोलनबारे महामन्त्री शर्माका ७ बुँदे सुझाव

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिक्षक आन्दोलनबारे सात बुँदे सुझाव सार्वजनिक गरेका छन्। कांग्रेस दाङ जिल्ला सम्मेलनका अवसरमा शुक्रबार शर्माले सात बुँदे सुझाव राखेका हुन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिक्षक आन्दोलनका माग पूरा गर्नेतर्फ अग्रसर रहन पनि आग्रह गरेका छन्। विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघको आह्वानमा चैत २० गतेदेखि शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा छन् ।

यस्ता छन् सुझावः

१. शिक्षा विधेयक समयमै संसदीय समितिबाट पारित गरेर अघि बढ्न भएको ढिलाइ अन्य सबै विधेयकहरूमा पनि देखिँदै आएको प्रवृत्ति हो िएक दलले अर्को दललाई दोष लगाएर हामी उम्किन पाउन्नौं, त्यसो नगरौं ।

२. शिक्षक महासंघ लगायतसँग विगतमा गरिएको सम्झौता नै विधेयक अन्तिम टुंगोमा पुग्ने मूल आधार बन्नुपर्छ, यसमा खासगरी मुख्य ३ राजनीतिक दल साझा ढंगले सहमत बनौं, सरकार यसमै प्रतिबद्ध बनोस् ।

३. शिक्षक र विद्यालय कर्मचारीका माग के पूरा गर्ने त्यो मुख्य कुरा हो, प्रक्रियामा थप १ महिना अरू समय लाग्दा फरक पर्दैन शिक्षक महासंघ संसदीय समितिमा विचाराधीन विधेयकलाई अध्यादेशमार्फत जारी गर्दा निश्चयनै संवैधानिक र कानुनी प्रश्न उठ्छ भन्ने वास्तविकताप्रति स्पष्ट रहनुपर्छ ।

४. आन्दोलनले उठाएका मागहरूमध्ये विधेयक पारित हुनुपूर्व नै सरकारले गर्नसक्ने निर्णयको बुँदा पहिचान गरेर सरकार संवादमार्फत् निर्णयमा पुग्नुपर्दछ ।

५. बाँकी बुँदाहरू संसदको आगामी अधिवेशन सुरू हुने पहिलो दिननै संसदमा पेस गर्ने गरी सहमतिमा पुग्न सरकार र शिक्षक नेतृत्व हार्दिक ढंगले सहमत हुन जरूरी छ । यसमा नेपाली कांग्रेसको स्पष्ट र दृढ प्रतिबद्धता रहेको छ ।

६. यो प्रकृतिको सहमति साथ आफ्नो गाउँ र विद्यालय फर्किन सबै आदरणीय गुरु गुरुआमाहरू सहमत रहन नम्र अपील छ ।

७. स्वयं प्रधानमन्त्रीले अविलम्ब समाधानमा अन्य सबै कार्य थाती राखेर विशेष तदारूकता राख्न सार्वजनिक आह्वान छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *