सहकारीको सम्पत्ति बेचेर ५ लाखसम्मको बचत फिर्ता दिनुपर्ने

काठमाडौं । ५ लाख रुपैयाँसम्मको बचत फिर्ता सहकारीको सम्पत्ति बेचर दिन सुझाव, सहकारीबाट असुल गर्ने गरी तत्काल सरकारबाट १० अर्ब रुपैयाँ निकासा गर्नुपर्ने उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सुझाव दिएको छ । आयोगले समस्याग्रस्त सहकारी संस्थाहरूको सम्पत्ति विक्री गरेर वा ऋण असुली गरेर समय लाग्ने निक्षेप फिर्ता गर्न समय लाग्ने भएकोले नेपाल सरकारले पछि सहकारीको सम्पत्तिबाट असुल गर्ने गरी तत्काल ५ देखि १० अर्ब रुपैयाँ निकासा दिएर ५ लाखभन्दा साना बचतकर्ताको निक्षेप फिर्तामा गर्ने व्यवस्था मिलाउन सुझाव दिएको छ । सहकारी ऐनमा संशोधन गरी बचत तथा ऋण सहकारी संस्थाहरूमा भविष्यमा समस्या आउन नदिन संस्थागत र आर्थिक सुशासन कायम गर्ने प्रबन्धहरू थप गर्ने सुझाव पनि आयोगले दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *