सुनको मूल्यमा फेरि नयाँ रेकर्ड
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइ कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्यले प्रतितोला एक लाख ८५ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो । बिहीबार सुन प्रतितोला एक लाख ८१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य आज एकैदिन तीनहजार ९०० रुपैयाँ बढेको हो । आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।