आईसीसी यू-१९ विश्वकपको एसिया छनोट आजदेखि काठमाडौंमा सुरु

काठमाडौं । आगामी वर्ष जिम्बाब्वे र नामिबियामा हुने आईसीसी यू-१९ विश्वकपको एसिया छनोट आजदेखि काठमाडौंमा सुरु हुँदै छ ।

मुलपानीस्थित मैदानमा सञ्चालन हुने छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दैछ । खेल बिहान ९ : ३० बजेदेखि तल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । अघिल्लोपटक नेपालले यूएईमाथि नै रोमाञ्चक जित निकालेर विश्वकपमा छनोट भएको थियो ।

यसपटक अफगानिस्तान पनि छनोटमा तानिएको छ त्यसकारण अफगानिस्तान पनि नेपालका लागि चुनौतीका रूपमा छ । छनोटअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले अफगानिस्तानसँग ३ खेलको शृंखला खेलेको थियो जहाँ २ खेल गुमाउँदा १ खेल जितेको थियो ।

नेपाल, अफगानिस्तान, यूएई, ओमान र हङकङ सहभागी यस छनोटबाट शीर्ष हुने टोली आगामी वर्षको यू१९ विश्वकपमा छनोट हुने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *