पूर्वप्रहरी महानिरीक्षक प्रदीपशम्शेर राणाको निधन
काठमाडौं । नेपाल प्रहरीका १७ औं महानिरीक्षक प्रदीपसमशेर जबराको निधन भएको छ ।
उनको शनिबार बेलुका ७८ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनका छोरा एसएसपी दीपसमशेर राणाका अनुसार उनी विभिन्न रोगले केही समयदेखि उपचाररत थिए । आइतबार बिहान ११ बजे पशुपतिमा उनको अन्तिम संस्कार गर्ने तयारी रहेको बताइएको छ ।
जबरा २०५७ को असोजदेखि २०५९ को पुससम्म आईजीपी थिए । उनकै कार्यकालमा सशस्त्र प्रहरी बलको स्थापना हुँदा संगठनका थुप्रै कर्मचारी उक्त संगठनमा समायोजित भएका थिए । सशस्त्र द्वन्द्वकालमा प्रहरी परिचालन र व्यवस्थापनको चुनौतीलाई उनले सहजताका साथमा निर्वाह गरेका थिए ।