सरकारको गति होइन बहानामात्र बढ्दैछ- महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकार नागरिकको अपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन्।

आज (मंगलबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दुई ठूला राजनीतिक दलको सहकार्यमा बनेको सरकारले अपेक्षित सुधार र विकासको गति लिन नसकेकोप्रति असन्तोष व्यक्त गरेका छन् । उनले भने, “हामीले सोचेका थियौं दुई ठूला पार्टी मिलेर सरकार बनेपछि संविधानमा आवश्यक बदलाव ल्याउनेछौं, गभर्नेन्समा सुधार ल्याउनेछौं। तर त्योअनुसार काम अगाडि बढ्न सकेको छैन।”

उनले व्यक्तिगत रूपमा सरकारमा सहभागी नभए पनि, सरकारलाई सफल बनाउन र परिणाममुखी काम गर्न आफू पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे । “सरकारमा बसेर भूमिका लिएको छैन तर सरकारलाई सफल बनाउन, परिणाम दिन मद्दत गर्न म व्यक्तिगत रूपमा वार फुटिङमा छु,” उनले भने, “काम गर्नुपर्छ, परिणाम दिनुपर्छ, जिम्मेवारी लिनुपर्छ।” सरकारी कामको गति अपेक्षा अनुसार नभएको उनले स्वीकार गरे। “सरकार ट्याक्टरको स्पिडमा छ। जनताले कंकडको स्पिड चाहेका छन्,” उनले कटाक्ष गर्दै भने, “शुरुआती उत्साह त थियो, तर त्यो बिस्तारै हराउँदै गएको देखिन्छ।”

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *