५२ पदाधिकारीविरुद्धको रिटमा पेसी आइतबार

काठमाडौं । संवैधानिक निकायमा ‘असंवैधानिक’ नियुक्ति भएको भन्दै चार वर्षअघि परेको रिट बुधबार चौथोपटक हेर्दाहेर्दैमा परेको छ । ०७७ मंसिर र ०७८ वैशाखको निर्णयबाट नियुक्त भएका ५२ पदाधिकारीविरुद्ध परेको रिट गत माघ ३० यता संवैधानिक इजलासमा हेर्दाहेर्दैमा राखेर सुनुवाइ भइरहेको छ । बुधबार पनि संवैधानिक इजलासले हेर्दाहेर्दैमा राखेर यही वैशाख ७ गते आइतबारको पेसी तोकेको हो ।

संवैधानिक इजलास बुधबार मात्र बस्ने अभ्यास रहेकोमा आइतबार नै पेसी तोकिएपछि निरन्तर सुनुवाइ गरी फैसला हुने संकेत देखिएको छ । यद्यपि, हाल निरन्तत सुनुवाइको आदेश नभएकाले त्यस दिनको सुनुवाइ पनि निरन्तर हुने वा नहुने सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *