रास्वपाको केन्द्रीय समिति बैठक जारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक अहिले पार्टी कार्यालय घण्टीघरमा बसिरहेको छ ।
कार्यवाहक सभापति डोलप्रसाद अर्यालको सभापतित्वमा बैठक बसेको हो । सहमहामन्त्री सुमना श्रेष्ठले राजीनामा दिएको चर्चाले रास्वपा भित्र सरगर्मी बढेको छ । आजको बैठकमा सुमनाले राजीनामाको घोषणा गर्ने बताइएको छ ।
बैठक सुरु भएको केही बेरपछि सुमना पनि बैठकमा आएको स्रोतले बताएको छ ।