पुर्व अध्यक्षद्वारा एमाले परित्याग गरी माओवादीमा प्रवेश
संखुवासभाको मकालु गाउँपालिकाका निर्वाचित पूर्व अध्यक्ष तेज बहादुर पोख्रेल नेकपा एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
पोख्रेललाई पेरिसडाँडा स्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन् ।
पूर्व अध्यक्ष पोख्रेलको आगमनले माओवादी केन्द्रलाई संखुवासभा क्षेत्रमा थप मजबुत बनाउने अपेक्षा गरिएको छ। पार्टीमा स्वागत कार्यक्रममा पार्टीका अन्य केन्द्रीय नेताहरूको पनि उपस्थिति थियो ।