धनगढीलाई पराजित गर्दै पोखरा फाइनलमा

काठमाडौं । पोखरा थण्डर्स नेपाल सुपर लिग २०२५ को फाइनलमा प्रवेश गरेको छ । साविक उपविजेता धनगढी एफसीलाई क्वालिफायर टु मा १–० ले पराजित गर्दै पोखरा थण्डर्स नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको हो ।

दशरथ रंगशालमा बुधबार भएको खेलमा पोखराका लागि जित दिलाउन स्टेफेन समिर विनोङले इन्जुरी टाइममा गोल गरे । पोखरा पहिलो पटक एनएसएलको फाइनल पुगेको हो । अब पोखराले उपाधिका लागि आउने शनिबार साविक विजेता ललितपुर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *