आज सुनको मूल्य बढ्यो
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।
आज सुन तोलामा २०० रुपैयाँले बढेर एक लाख ९० हजार ६०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलाको एक लाख ९० हजार ४०० रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार १० रुपैयाँ पुगेको हो।