ट्राफिकले सर्वसाधारणलाई कुटेको दुबै भिडियो पुराना
काठमाडौं । केहिदिन देखि लगातार सामाजिक सञ्जालमा ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको दुईवटा भिडियो सार्वजनिक भएका छन् ।
तर यतिबेला ति दुवै भिडियो बारे अनुसन्धान गर्दा भिडियोहरु पुराना रहेको पाइएको छ । बिहीबार बिहानैबाट सामाजिक सञ्जालमा भाइरल भएको सुन्धाराको पुल नजिकैको भिडियोमा देखिएका चार जना ट्राफिक प्रहरी कारबाहीमा परिसकेका छन् । यता ट्राफिक प्रहरी कारबाहिमा परेको केहि समय नबित्दै फेरि शुक्रबार बिहानैबाट अर्का एक जना ट्राफिक प्रहरीले एक युवकलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । अनुसन्धान गर्दा उक्त भिडियो पनि एक वर्ष पुरानो रहेको पाइएको छ ।
अनुसन्धान गर्दा सोह्रखुट्टेमा रहेका सहायक हवल्दारबाट कुटेको उक्त भिडियो सार्वजनिक भएको पाइएको हो । ती ट्राफिक प्रहरी हाल सरुवा भएर उपत्यका बाहिरको जिल्लामा गइसकेको पाइएको छ । तर किन कुटपिट भइरहेको भन्ने विषयमा अनुसन्धान भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।