शिक्षक आन्दोलन स्थल पुगेका नेपाल र खनालविरुद्ध शिक्षकहरुको नाराबाजी
काठमाडौं । जारी शिक्षक आन्दोलनमा पुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालविरुद्ध नाराबाजी भएको छ ।
आन्दोलनमा ऐक्यवद्धता जनाउन काठमाडौँको बिजुलीबजार पुगेका नेपाल र खनालविरुद्ध शिक्षकहरूले सहयोग गर्ने भए कानुन बनाउर्नु भन्दै नाराबाजी गरेपछि फर्किएका छन् । शिक्षकहरुले आजको प्रदर्शनमा आइतबार भएको प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरिरहेका छन् ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आइतबारको प्रदर्शनमा घुसपैठ भएको भन्दै माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताए छन् । उनले घर फर्किएका शिक्षकहरुलाई पनि आन्दोलनमा आउन आग्रह गरेका छन् ।