नेपाली बजारमा आज सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा एक हजार चार सय रुपैयाँले घटेर एक लाख ९० हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी ५ रुपैयाँले बढेर एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *