जयवीर देउवाले हिल्टन होटल किनेको होइन

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले हिल्टन होटल खरिद गरेको चर्चा सामाजिक सञ्जालमा चल्यो । केही अनलाइन सञ्चारमाध्यमहरुले त्यसबारेमा समाचारसमेत संप्रेषण गरे । विभिन्न व्यापार व्यवसायमा लगानी गरिरहेका शेरबहादुर पुत्र जयवीरले होटल किनेको चर्चाबीच शंकर ग्रुप अन्तर्गतको जगदम्बा होस्पिटालिटीले त्यसको खण्डन गरेको छ । सामाजिक सञ्जालमा चर्चा भइरहँदा कम्पनीले होटल बिक्री नभएको स्पष्ट पारेको छ । सामाजिक सञ्जालहरुमा ‘हिल्टन होटल बिक्री भयो’ भन्ने शीर्षकमा आएको समाचारप्रति जगदम्बा हस्पिटालिटी ग्रुपले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कम्पनीले उक्त विषय झुटो, आधारहीन र भ्रामक भएको स्पष्ट पारेको छ ।

‘हाम्रो स्वामित्वमा सञ्चालित हिल्टन होटल काठमाडौं बिक्री भएको भन्ने कुनै निर्णय, छलफल वा प्रक्रिया चलिरहेको छैन’ कम्पनीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ । कुनै राजनीतिज्ञसँगको सम्पर्क वा सम्वन्धका विषयमा समेत कम्पनीले अस्वीकार गरेको छ । कम्पनीले यस्ता भ्रामक र प्रमाणविहीन सूचना सम्प्रेषणले होटल, संस्थापकहरू तथा राजनीति र राजनीतिज्ञको छविमा नकारात्मक असर पर्ने बताउँदै कानुनी कारबाहीको चेतावनी समेत दिएको छ । ‘हामी सबै सञ्चारकर्मी, विशेषगरी जिम्मेवार पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्तालाई सत्य, तथ्य र प्रमाणमा आधारित सूचनामात्र प्रकाशन तथा प्रसारण गर्न हार्दिक आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *